Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • थप ७२ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या ६ सय ७५

    थप ७२ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या ६ सय ७५

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।  मन्त्रालयले अहिले भर्खरै ७२ जना नयाँ संक्रमितको संख्या सार्वजनिक गरेको छ । यो संगै नेपालमा संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

    बिहान देखिएका ७२ जना संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा मात्र ३७ को संख्या छ । संक्रमण पुष्टी भएकाहरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ५, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा २१ जनामा पुष्टी भएको छ ।



    त्यसैगरी, भेरी अस्पताल नेपालगंजमा ५ जना, प्रदेश अस्पताल सुर्खेत, पुशपंछी रोग अन्वेषण प्रयोगशालामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार