Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • कोरोनाबाट चौथो व्यक्तिको मृत्यु भएको पुष्टि

    कोरोनाबाट चौथो व्यक्तिको मृत्यु भएको पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ। वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

    उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए । ७० वर्षीय ती वृद्ध मृगौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए।



    वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि मृतक वृद्धको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।



    ती वृद्धमा मृगौलाको समस्या पनि रहेको पर्साका जिल्ला सहायक प्रमुख बस्नेतले जानकारी दिए। वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने केही जानकारी दिएको छैन ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार