Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकाले डब्ल्युएचओसँग सम्बन्ध ताेडेकाे घाेषणा गरेपछि चीनले दियाे प्रतिक्रिया

    अमेरिकाले डब्ल्युएचओसँग सम्बन्ध ताेडेकाे घाेषणा गरेपछि चीनले दियाे प्रतिक्रिया

    अनलाइन नेपाल
  • मंगलबार, २० जेष्ठ २०७७
  • 3.1K
    SHARES

    एजेन्सी ।  चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)सँग सबै प्रकारका सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम ‘एकतर्फी सोच’ को उपज भएको टिप्पणी गरेको छ ।

    अमेरिकी कदमको आलोचना गर्दै चीनले विश्व स्वास्थ्य संगठनलाई थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गरेको छ ।



    चिनियाँ विदेश मन्त्रालयले सोमबार संयुक्त राज्य अमेरिकाको उक्त निर्णयलाई उसको ‘शक्ति राजनीति’ र ‘एकतर्फी सोच’ को संज्ञा दिएको हो ।



    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी रोक्न असफल भएको भन्दै गत शनिवार विश्व स्वास्थ्य संगठनसँगको सबै सम्बन्ध समाप्त भएको घोषणा गरेका थिए ।

    कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको तथा चीनको पक्षपोषण गरेको आरोप लगाउँदै ट्रम्पले डब्ल्युएचओसँगको सबै सम्बन्ध अन्त्य भएको घोषणा गरेका थिए।

    ‘डब्ल्युएचओ चीनको नियन्त्रणमा छ, जबकी अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ,’ ट्रम्पले भनेका थिए, ‘डब्ल्युएचओलाई ब्यापक सुधार गर्न गरिएको अनुरोधमा पनि ऊ असफल भयो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार