Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • स्वास्थ्य मन्त्री खतिवडा र डब्लुएचओका महानिर्देशक डा.टेड्रोसबीच भेटवार्ता

    स्वास्थ्य मन्त्री खतिवडा र डब्लुएचओका महानिर्देशक डा.टेड्रोसबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    बिहीबार स्वास्थ्य मन्त्रालयमा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । सो अवसरमा स्वास्थ्य मन्त्री खतिवडाले नेपालले जनस्वास्थ्य क्षेत्रमा केही ठोस उपलब्धि हासिल गर्न सफल भएको बताए । उनले मातृ तथा बाल मृत्यु न्यूनीकरणमा प्राप्त भएको उपलब्धि उल्लेखनीय रहेको बताए ।



    ट्रकोमा निवारण तथा कालाजार उन्मूलनका लागि नेपालले चालेका निर्णायक कदमका सम्बन्धमा डब्लुएचओको सहयोग सराहनीय रहेको उनको भनाई छ ।



    सरकारले सन् २०३० सम्ममा राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यमध्येको लक्ष्य नं ३ ‘जनताको सुस्वास्थ्य र तन्दुरुस्ती’सम्बन्धी प्रतिबद्धता पूरा गर्ने लक्ष्य राखेको उनले जानकारी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार