Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • डब्ल्युएचओ दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालको उम्मेदवारी

    डब्ल्युएचओ दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालको उम्मेदवारी

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालका वरिष्ठ जनस्वास्थ्यविज्ञ डा शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ।

    यही अक्टोबर ३१ ९कात्तिक १४० मा हुने निर्वाचनमा बङ्गलादेशका उम्मेदवारसँग नेपालले प्रतिस्पर्धा गर्ने डा आचार्यले आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै बताए ।



    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मतदाता मुलुकलाई नेपालको पक्षमा मतदान गर्न ‘अनुरोधपत्र’ सम्प्रेषणका निम्ति आग्रह गर्दै आफूलाई देशको प्रतिनिधित्व गर्ने प्रतिस्पर्धामा चयन गरेकामा प्रधानमन्त्रीप्रति हार्दिक आभार व्यक्त गरे।



    डा आचार्यले परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र मन्त्रालय, जेनेभा र न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोगहरूले आवश्यक कूटनीतिक भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउँदै २० वर्षपछि नेपाललाई प्राप्त यो अवसरबाट चुक्न नहुनेमा जोड दिए।

    दक्षिणपूर्वी एसिया निर्देशक पदमा भारत, मालदिभ्स, इन्डोनेसिया, बङ्गलादेश, थाइल्यान्ड, म्यान्मा, नेपाल, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, श्रीलङ्का, टिमोर लित्से र भूटानले मतदान गर्नेछन्। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार