Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • डब्ल्युएचओ भन्याे- नयाँ प्रजातिको कोरोनाले सन् २०२१ झन् कठिन

    डब्ल्युएचओ भन्याे- नयाँ प्रजातिको कोरोनाले सन् २०२१ झन् कठिन

    अनलाइन नेपाल
  • आइतबार, ४ माघ २०७७
  • 2.3K
    SHARES

    फाइल तस्बिर

    काठमाडौँ । नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणले सन् २०२१ झन् कष्टकर हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चेतावनी दिएको छ ।

    कोरोनाभाइरसको नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको र छिटो फैलिरहेकाले यसले विश्वमा सन् २०२० भन्दा कठिन अवस्था ल्याउने डब्ल्युएचओले चेतावनी दिएको छ।



    पहिलोपटक बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ ।



    नयाँ प्रकारको संक्रमण देखिएपछि बेलायतमा संक्रमण र मृतक संख्या पनि बढ्दै गएको छ । दक्षिण अफ्रिकामा देखा परेको भाइरसको ‘स्ट्रेन’ अर्थात् प्रकार अन्य २० मुलुकहरूमा फैलिसकेको बीबीसीले उल्लेख गरेको छ ।

    सुरुमा ब्रिटेनमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा छिटो विस्तार हुन सक्ने वैज्ञानिकहरूले बताइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार