Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्व स्वास्थ्य संगठनले भन्यो–नेपाललाई आपतकालीन सहयोगको खाँचो छ

    विश्व स्वास्थ्य संगठनले भन्यो–नेपाललाई आपतकालीन सहयोगको खाँचो छ

    अनलाइन नेपाल
  • शनिबार, १ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललगायत दक्षिण एसियाली मुलुकहरुमा खोपको आपूर्ति सबैभन्दा ठूलो समस्याको रुपमा रहेको जनाएको छ । शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डब्यूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोमले नेपाल, भारत, श्रीलंका, भियतमान, कम्बोडिया, थाइल्याण्ड र इजिप्टले बढ्दो संक्रमण र उपचारको सामना गरिरहेको भन्दै खोपको आपूर्ति सबैभन्दा ठूलो समस्याको भएको बताएका हुन् ।

    यद्यपि गत हप्ता खोप उत्पादक र नेताहरुले उत्पादन क्षमता बढाउन काम गरिरहेकाले आफूलाई केही खुशी लागेको उनले बताए । कार्यक्रममा बोल्दै उनले नेपाललगायत दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन सहयोगको आवश्यकता रहेको समेत बताए ।



    उनले भने–‘भारत मात्रै होइन अन्य मुलुकलाई पनि आपतकालीन सहयोगको आवश्यकता रहेको छ । नेपाल, श्रीलंका, भियतमान, कम्बोडिया, थाइल्याण्ड र इजिप्टले बढ्दो संक्रमण र उपचारको सामना गरिरहेका छन् ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार