Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ओमिक्रोनलाई अवमूल्यन नगरौं भन्दै डब्ल्यूएचओले दियो यस्तो चेतावनी

    ओमिक्रोनलाई अवमूल्यन नगरौं भन्दै डब्ल्यूएचओले दियो यस्तो चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नयाँ कोरोना भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिइरहेको भन्दै यसलाई अवमूल्यन नगर्न चेतावनी दिएको छ ।

    डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले जेनेभामा पत्रकारहरुसँग कुरा गर्दै यसअघिका भेरियन्टभन्दा तीव्र गतिमा ओमिक्रोन फैलिइरहेको भन्दै यसलाई कम नआँक्न आग्रह गरेका छन् ।



    यसलाई अवमूल्लयन गरे स्वास्थ्य प्रणाली अस्तव्यस्त हुनसक्ने चेतावनी दिंदै उनले भने–‘हामीले यसअघिका भेरियन्टमा देखेकोभन्दा फरक गतिमा ओमिक्रोन फैलिइरहेको छ । ओमिक्रोनबाट कम घातक संक्रमण होला । तर, संक्रमणको संख्याले पुनः एकपटक तयारी अवस्थामा नरहेको स्वास्थ्य प्रणालीलाई अस्तव्यस्त बनाउन सक्छ ।’



    कतिपयले आफैं जोखिममा पर्ने गरी यो भाइरसलाई अवमूल्यन गरेको भन्दै उनले ओमिक्रोनलाई ‘सामान्य भेरियन्ट’ भनेर बेवास्ता गरेको गुनासो गरे ।

    गेब्रेयससका अनुसार अहिलेसम्म ७७ मुलुकमा ओमिक्रोनका संक्रमित पुष्टि भइसकेको छ । ओमिक्रोन पुष्टि हुनासाथ केही देशहरुले बुस्टर डोजका लागि कोरोना भाइरसविरुद्धको खोप थुपार्न थालेकोप्रति गेब्रेयससले असन्तुष्टिसमेत जनाए ।

    अन्तर्राष्ट्रिय स्तरमा खोपमा देखिएको असमानता हटेपछि मात्रै महामारी अन्त्य हुने उनको भनाई थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार