Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महामारीमा एयरलायन्स र ट्राभल एजेन्सीले लुट्न थालेपछि यात्रु चार्टर र टिकट बिक्रीमा रोक

    महामारीमा एयरलायन्स र ट्राभल एजेन्सीले लुट्न थालेपछि यात्रु चार्टर र टिकट बिक्रीमा रोक

    अनलाइन नेपाल
  • शनिबार, २४ जेष्ठ २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । महामारीका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैमाथि रोक लगाउने निर्णय गरेको छ ।

    प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलले  ट्राभल एजेन्सी र एयरलायन्सले सरकारलाई झुक्याएर गर्ने चार्टर उडानलाई रोक लगाएको सूचना जारी गरेका छन् । सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र ११ देखि आन्तरिक व्यवसायिक उडानमा रोक लगाएको छ । तर, सरकारसँग अनुमति नलिइ टिकट बिक्री गर्दै यात्रु चार्टर हुन थालेपछि प्राधिकरणले आज उक्त निर्णय गरेको हो ।





    प्राधिकरणले  सबै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई सूचना पठाएको छ । प्राधिकरणले नेपालका लागि र नेपालबाट यात्रु चार्टर उडान गर्न धमाधम बुकिङ भइरहेको जानकारी प्राप्त भएको जनाउँदै टिकट बिक्री नगर्न नगराउन सूचना जारी गरेको हो । यो सूचनासँगै अव मानवीय उद्धार गर्नुपर्ने नै भए सम्बन्धित मुलुकको दुतावासमार्फत चार्टर उडानका लागि अनुमति माग भएमा मात्रै हुनेछ ।

    एजेन्ट र एयरलायन्सले यो मौकामा मनपरी भाडा असुलेर हैरान बनएका थिए । चैत यता १ सय १० वटा अन्तर्राष्ट्रिय चार्टर उडान भइसकेका छन् ।

    कतिपय एजेन्टले ठूलो संख्यामा हङकङ जाने नेपालीसँग  नेपालमा पैसा नलिकन उतै मनपरी पैसा असुलेको समेत खुलेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार