Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मोदी र ट्रम्पलाई साक्षी राखेर कोरोना फैलाएको आरोपमा चिनियाँ राष्ट्रपतिविरुद्ध मुद्दा दायर

    मोदी र ट्रम्पलाई साक्षी राखेर कोरोना फैलाएको आरोपमा चिनियाँ राष्ट्रपतिविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । चीनका राष्ट्रपति सी जिन पिङविरुद्ध कोरोना भाइरस (कोभिड–१९) फैलाएको आरोपमा भारतमा मुद्दा दर्ता भएको छ ।

    चीनबाट फैलिएको कोरोना भाइरसका कारण पछिल्लो दिनमा संक्रमितको संख्या अत्याधिक रुपमा बढ्दै गएको भारतको बिहारका मुराद अली नामका अधिवक्ताले मुद्दा दर्ता गरेका हुन् ।



    उनले बिहारको बेतियास्थित सिजेएम अदालतमा चीनका राष्ट्रपति सि जिन पिङ र विश्व स्वास्थ्य संगठनका प्रमुखलगायत अन्य केही व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।



    उक्त मुद्दामा उनीहरुविरुद्ध सबै मिलेर पूरा विश्वमा कोरोना जस्तो विश्वव्यापी महामारी फैलाएको आरोप लगाइएको छ ।

    मुराद अलीले साक्षीका रुपमा विद्युतीय सञ्चारमाध्यममा प्रकाशित समाचार र अन्य कैयौं कागजातहरुलाई आधार बनाएका छन् ।

    त्यसैगरी उनले साक्षीका रुपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम दिएका छन् ।

    यस मुद्दामा आगामी जुन १८ मा सुनुवाई हुने अदालतले जनाएको छ । यस मुद्दामा अभियुक्तहरुलाई आईपीसीको धारा २६९, २७०, २७१, ३०२, ३०७, ५०४ र १२० बी लाई आधार बनाइएको छ । एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार