Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चीनको दाबी: भारतीय सेनाले सीमारेखा नाघेर आक्रमण गर्दा भिडण्त भयाे

    चीनको दाबी: भारतीय सेनाले सीमारेखा नाघेर आक्रमण गर्दा भिडण्त भयाे

    अनलाइन नेपाल
  • मंगलबार, २ असार २०७७
  • 4K
    SHARES

    काठमाडौं । चीनले भारतको लद्दाखमा दुवै देशकाे सेनाबीच सोमबार राति भएको भिडन्तलाई लिएर औपचारिक प्रतिक्रिया आएको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिकहरुले सीमा रेखा नाघेर चिनिया सेनामाथि आक्रमण गरेको बताए ।

    चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ट्विटमा उल्लेख गरेअनुसार भारततर्फ ३ सैनिकको मृत्यू भएको चिनिया विदेशमन्त्रीले पनि पुष्टि गरेका छन् । ‘भारतीय सैनिकहरुले दुई पक्षबीच भएको समझदारीको गम्भीर उल्लंघन गर्दै अवैध रुपमा दुईपटक सीमा रेखा नाघेर चिनिया सैनिकमाथि उत्तेजक हमला गरे । परिणामस्वरुप गम्भीर भौतिक भिडन्त भयो,’ ग्लोबल टाइम्सले विदेश मन्त्रालयलाई उधृत गर्दै ट्वीटरमा लेखेको छ ।



    चीनतर्फ कस्तो क्षति भयो भन्ने उल्लेख गरिएको छैन । समाचारमा भनिएको छ, ‘चीनले भारतीय पक्षलाई आफ्ना अग्रपंतिका सैनिकहरुलाई सीमा रेखा पार नगर्न वा कुनै एकपक्षीय कदम नचाल्न आग्रह गर्दै आएको छ । अन्यथा यसले सीमा क्षेत्रको परिस्थिति थप जटिल बन्ने छ ।’



    सेनाले दुई देशका वरिष्ठ सैन्य अधिकारीहरूबीच विवाद समाधानका लागि वार्ता सुरु भएको बीबीसीले जनाएको छ । भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत पराजित भएको थियो। चीनले आफ्नो ३८ हजार वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ।

    सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन्। गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो। विदेशमन्त्रालयले दुवै देश शान्तिपूर्वक संवादको माध्यमबाट समस्या समाधान गर्न सहमत भएको पनि स्मरण गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार