Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • लद्दाखमा चिनियाँ र भारतीय सैनिकबीच झडप, कमाण्डरसहित तीन जनाको मृत्यु

    लद्दाखमा चिनियाँ र भारतीय सैनिकबीच झडप, कमाण्डरसहित तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २ असार २०७७
  • 4.1K
    SHARES

    एजेन्सी । भारतको लद्दाखमा चिनियाँ र भारतीय सैनिकबीच झडप भएकाे छ। गल्वान भ्यालीमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा भारतीय सैनिकका एक कमाण्डरसहित तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    सोमबार राति भएको झडपमा भारतीय सेनाका एक कमाण्डिङ अफिसर र दुई सैनिकको मृत्यु भएको एनडिटिभीले लेखेको छ।



    भारतीय सेनाद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ,’गएराति गल्वान भ्यालीमा भारतीय र चिनियाँबीच बढेको तनावलाई नियन्त्रणमा लिने क्रममा हिंसात्मक झडप भएको थियो। जसमा केही सेनाले ज्यान गुमाएका थिए। भारततर्फ मृत्यु हुने एक अफिसर र दुई सेना छन्। अहिले परिस्थितिलाई नियन्त्रणमा लिन दुबै पक्षका बरिष्ठ सैनिक अधिकारीहरूबीच छलफल भइरहेको छ।’



    भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारत-चीन सीमामा ४५ वर्षपछि पहिलो पटक दोहोरो झडपमा सैनिकको मृत्यु भएको हो।

    घटनाबारे थप विवरण आउन बाँकी छ। भारतीय सेनाले घटनाबारे जानकारी दिन अहिले २ बजे पत्रकार सम्मेलन गर्दैछ। लद्दाखमा डेढ महिनादेखि चिनियाँ र भारतीय सेनाबीच तनाव बढ्दै गएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार