Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • चीनले भारतलाई चेतावनी दिँदै भन्याे- अब सीमा क्षेत्रको दृश्य नै फरक हुन्छ

    चीनले भारतलाई चेतावनी दिँदै भन्याे- अब सीमा क्षेत्रको दृश्य नै फरक हुन्छ

    अनलाइन नेपाल
  • सोमबार, ८ असार २०७७
  • 2.7K
    SHARES

    एजेन्सी । भारतले चीनसँगको वास्तविक सीमा रेखा एलएसीमा आफ्नो सैनिकलाई स्वविवेकको प्रयोग गरेर हतियार प्रयोग गर्न सक्ने अनुमति दिएपछि चीनले त्यसको कडा जवाफ दिएको छ । चीनले यदि भारतीय सेनाले साीमा उल्लघंनका कुनै पनि गतिविध गरे सीमा क्षेत्रको दृश्य नै फरक हुने गरी चेतावनी दिएको छ।

    चीनले हतियार नभएका चिनियाँ सेनाले केहीदिन अघि भारतीय सेनालाई पराजित गरेको स्मरण गराउँदै हतियार भएका चिनियाँ सेनासमक्ष भारतीय सेनाले भिड्न खोजे परिणाम भयाभाय हुने चीनकाे भनाइ छ।



    ग्लोबल टाइम्समा लेखिएको छ, ‘भारतीय राष्ट्रवादलाई हामीले भन्नैपर्छ कि नि:सशस्त्र संघर्षमा चिनियाँ सेनालाई हराउन सकेनन् भने अब बन्दुक वा अन्य हतियारले हराउने भन्ने कुरै हुँदैन । चीनको सैन्य शक्ति भारतको भन्दा धेरै उन्नत र बलियो छ । सन् १९६२ मा उस्तै सैन्य शक्ति भएको समयमा त चिनियाँ सेनाले भारतीय सेनालाई सजिलै पराजित गरेको थियो । अहिले चीन आर्थिक र सैन्य सबै हिसाबले भारतभन्दा धेरै माथि छ ।’



    ग्लोबल टाइम्सले भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका चीनविरुद्धका गतिविधिको पनि अध्ययन गरिरहेको जनाएको छ । ग्लोबल टाइम्स लेख्छ, ‘भारतले चीनसँग युद्ध गर्नु भनेको अण्डाले ढुंगालाई प्रहार गरेजस्तै हो । चीन भारतसँगको युद्ध गर्न चाहँदैन, तर हामीसँग भारतीय सेनाका हरेक उत्तेजनाको जवाफ दिने पर्याप्त क्षमता छ । सीमा विवादलाई वार्ताकै माध्यमबाट समाधान गर्नु भारतका लागि हितकर हुनेछ ।’

    सन् १९६२ मा चीनसँगको युद्धमा ठूलो हार व्यहोरेको भारतले आफ्नो सीमा क्षेत्र पनि गुमाएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार