Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • डब्ल्युएचओको चेतावनी: कोरोना महामारीको अझै खराब अवस्था आउन सक्छ

    डब्ल्युएचओको चेतावनी: कोरोना महामारीको अझै खराब अवस्था आउन सक्छ

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ )ले कोरोना भाइरसको महामारीले अझै खराब अवस्था निम्त्याउने चेतावनी दिएको छ ।

    डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले महामारी फैलिए पनि आर्थिक गतिविधि र जनजीवन समान्य बनाउने नाममा विभिन्न मुलुकहरूले महामारी नियन्त्रणका लागि सही नीति अवलम्बन नगर्दा कोरोना भाइरसबाट अझै धेरै मानिसहरु संक्रमित हुने चेतावनी दिएका हुन् ।



    महामारी नियन्त्रणका लागि अझै पनि परीक्षण, ट्रेसिङ्ग, आइसोलशन र क्वारेन्टिन नै उपयुक्त उपाय भएको उनको सुझाव छ । ‘हामी सबै जीवन जिउन चाहन्छौँ । तर कठीन सत्य यो हो कि, महामारी अन्त्य हुने सम्भावनाको नजिक पनि छैन,’ टेडरोजले सोमबारको ब्रिफिङमा भने ।



    कोरोना भाइरस पहिलोपटक गत वर्षको डिसेम्बर ३१ मा चीनको वुहानमा देखिएको थियो । त्यसयता विभिन्न मुलुकहरूले महामारी फैलन नदिन लगाएको भ्रमण प्रतिबन्ध तथा लकडाउन खुकुलो बनाउँदै सामान्य अवस्थाझैँ दैनिक गतिविधि अगाडि बढाउँदै लगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार