Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नेकपा विबाद : दोस्रो पुस्तामा हस्तान्तरण गर्ने सुनौलो अबसर

    नेकपा विबाद : दोस्रो पुस्तामा हस्तान्तरण गर्ने सुनौलो अबसर

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 5K
    SHARES

    -भरत महतारा-

    ‘जनवाद बिनाको केन्द्रियता निरंकुश हुन्छ,केन्द्रियता बिनाको जनवाद छाडा हुन्छ।’ मतलब एउटा गतिशील कम्युनिष्ट पार्टी भित्र स्वस्थ रूपमा अन्तरसंघर्ष हुनु स्वभाविक हो, यहाँ त चाहिने भन्दा बढी भइरहेको छ ।



    बादबिबाद र अन्तरसंघर्षले परिबर्तनका ढोका खोल्छ र खोलेका उदाहरण धेरै छन् l तर, यस्तो गन्जागोल गरेर भने हैन l यदि व्यक्तिले जे मन लाग्छ त्यहि गर्ने हो भने,अनि संगठनको संस्थागत निर्णय नमानी जंगबहादुर बन्न रुचाउने हो भने त्यो चाही कम्युनिस्ट आचरण हुँदै होइन,  त्यो गैर-कम्युनिस्ट प्रवृत्ति हो । यो कम्युनिस्ट पार्टीमा छुटछैन र दिनु हुदैन पनि।



    हामी राम्रो स्वच्छ कम्युनिस्ट पार्टीको पक्षमा छौं , यसको मतलब कसैक़ो विरुद्ध भन्ने हुदैन।

    तर, हामी संगठन विधिमा चलोस यसले सर्वहारा श्रमजीवी मेहनती जनताको जिवनमा परिवर्तन ल्याउन अहम भूमिका खेल्न सकोस।

    हामी यो राख्छौं। यहाँ कसैको पक्ष लिएर वा बिपक्ष अज्ञात प्रदर्शन गर्नु भन्दा समग्र संगठनको हित, जनता र देशको हितलाई सर्बोपरी ठानेर खबरदारी गर्नु उपयुक्त हुन्छ ।

    पार्टीको अध्यक्ष र सरकारको नेतृत्व भन्ने बिषय संगठनले निर्णय गर्ने हो । यो कसैको चरम चाहाना वा स्वार्थको लागि भने कद्दापी हुन सक्दैन l याे शाेक र भाेककाे समयमा नेकपा नेतृत्वकाे राजनीतिक खेल धेरै भयाे ।

    देश संकटमा छ, याे संकटकाे बेला कुर्सी भन्दा बढी देशको चिन्ता गर्नु आजको मुख्य आवश्यकता हो ।

    एक नेताले अर्को नेतालाई खुईल्याउने र कार्यकर्ता तथा समर्थकले गुटको भक्ति गाउँदै फरक नेतालाई तथानाम गाली गर्ने अनुशासनहिन काम चलिरहेको छ।

    समयमै उचित निर्णय लिन र पार्टीलाई एकढिक्का बनाएर देशीविदेशी प्रतिक्रियावादीहरूसँग जुध्न पार्टीका अग्रपंक्तिमा रहेका ब्यक्तिहरुको भूमिका अत्यन्तै जरुरी छ।

    त्यसैले सबै मिलेर प्याकेजमा सहमति गरि देशलाई निकास दिन जरुरी छ l दुवै अधक्ष्यज्यूहरुले आफ्नो आफ्नो अडानबाट एक स्टेप पछि हटेर सहमति गरि अघि बढ्नु नै अहिलेको मूल आवश्यकता हो l

    हरेक नराम्रो भित्र केही राम्रो पनि लुकेको हुन्छ र हरेक राम्रो भित्र केही नराम्रो पनि । नेकपाभित्र अहिले देखिएको सिङो घटनाक्रमलाई सकारात्मक तरिकाले राष्ट्र र संगठनको हितका निमित्त नयाँ खुड्किलोको रुपमा पनि प्रयोग गर्न पनि सकिन्छ ।

    पुष्पकमल दाहाल ( प्रचण्ड)ले ३२ वर्ष पार्टी चलाउनु भएको छ, दुई चोटी प्रधानमन्त्री ।  केपी शर्मा ओलीले ७ वर्ष पार्टी चलाउनु भएको छ र दुई चोटी नै प्रधानमन्त्री । माधबकुमार नेपालले १६ वर्ष पार्टी चलाउनु भएको छ र एक चोटी प्रधानमन्त्री।  झलनाथ खनालले १३ वर्ष पार्टी चलाउनु भएको छ र एक चोटी प्रधानमन्त्री पनि ।

    अब यी चार शिर्ष नेताहरुले सम्मानजनक तरिकाले दोस्रो पुस्तालाई अगाडि बढाउने साहस गर्नु पर्छ । यो प्रतिकुल अबस्थालाई पार्टी र सरकार दोस्रो पुस्तामा हस्तान्तरण गर्ने सुनौलो अबसरको रुपमा लिन सक्नु पर्छ ।

    पार्टी एकताको मर्म र भावनालाई आत्मसात गर्दै सबैबाट भएका कमीकमजोरी सच्याउने साथै पार्टी र सरकार दुवैलाई सन्तुलित रुपमा अघि बढाउन जरुरी छ ।

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा शीर्ष नेताबीच उत्पन्न किचलोप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालमा विरोध र आक्रोस देखिन थालेको छ l दुनियाँ हँसाउने गतिविधि तत्काल बन्द गरि आपसी समझदारी र छलफलबाट निकास दिनु नै आजको आवश्यकता हो l

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार