Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ४९ दिने शिशुको कोरोनाबाट मृत्यु, मृतकको संख्या ३१ पुग्यो : स्वास्थ्य मन्त्रालय

    ४९ दिने शिशुको कोरोनाबाट मृत्यु, मृतकको संख्या ३१ पुग्यो : स्वास्थ्य मन्त्रालय

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 2.6K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । म्याग्दी स्थायी ठेगाना भएका ४९ दिने शिशुको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि भएसंगै नेपालमा मृत्कको संख्या ३१ पुगेको छ ।

    ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार घाँटीमा समस्या देखिएपछि असार ९ गते अस्पताल भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।



    कोरोनाकै कारण मृत्यु भएपछि उनको सम्पर्कमा रहेका आफन्तको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार