Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • यति समूहको नाममा मन्त्री भट्टराईको यस्तो धन्दा, कांग्रेस कार्यकर्तालाई धमाधम नियुक्ति

    यति समूहको नाममा मन्त्री भट्टराईको यस्तो धन्दा, कांग्रेस कार्यकर्तालाई धमाधम नियुक्ति

    अनलाइन नेपाल
  • मंगलबार, २३ असार २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई असक्षम त बन्दै गएका छन् नै नियुक्ति र सरुवा बढुवामा समेत उनी बद्नाम हुन थालेका छन्।

    पशुपति विकास कोषमा एक सदस्यको नियुक्तिका बिषयमा  मन्त्री भट्टराई र सचिवबीचको खटपट बाहिर आएको छ।



    मन्त्री योगेश भट्टराईले असार १४ मा नेपाल वायुसेवा निगमको बोर्ड सदस्यमा प्रकाश पौडेल र फुर्वाग्याल्जेन शेर्पालाई नियुक्ति गरेका थिए ।सचिव केदारबहादुर अधिकारीले इलामका नेपाली कांग्रेसका कार्यकर्ता देवी बराललाई कोषको सदस्य नियुक्त गरे । जुन नियुक्तिमा शुरुमा मन्त्री भट्टराईले आँखा चिम्लिए  ।



    पूर्वगृहसचिव प्रेमकुमार राईको दबाबमा बराललाई सचिव अधिकारीले बोर्ड सदस्य बनाएको खुलेपछि मन्त्री भट्टराईले हाजिर नगराउन निर्देशन दिएको बुझिएको छ । बराललाई कांग्रेस भनेर कामकाज गर्न नदिइए पनि स्वयं मन्त्री भट्टराईले नियुक्त गरेका नेपाल वायुसेवा निगमका सदस्य फुर्वा ग्याल्जेन शेर्पा पनि सोलुको पासाङल्हामु गाउँपालिकाका कांग्रेसका नेता नै हुन् ।

    स्थानीय निर्वाचनमा तत्कालीन एमालेबाट गाउँपालिका अध्यक्षमा चुनाव लडेका ङिमदोजी शेर्पालाई हराउन फुर्वाग्याल्जेनले आफ्नो अल्टिच्यूड एयरबाट मतदाता ओसारेको नेकपाका कार्यकर्ताले बिर्सन सकेका छैनन् । शेर्पालाई यति समूहका ल्हाक्पा सोनाम शेर्पाको दबाबमा नियुक्त गरिएको हल्ला पिटाएर उनीसँग मन्त्रीले आर्थिक लाभ लिएको स्रोतको दाबी छ ।

    यति समूहले प्रधानमन्त्रीमार्फत् दबाब दिइएको भनी बदनाम बालुवाटारको गराएर पर्यटन मन्त्रालयले उनीसँग ठुलो रकम लिएर नियुक्ति गरेको चर्चा छ ।  बराललाई कांग्रेस कार्यकर्ता भनेर हाजिर गर्न नदिने पर्यटन मन्त्रालयले फुर्वाको नियुक्ति पनि सच्याउनु पर्ने नेकपाकै कार्यकर्ताहरु वताउँछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार