Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ११ हजार प्रहरी दरबन्दीको प्रस्ताव संसदमा पेस

    ११ हजार प्रहरी दरबन्दीको प्रस्ताव संसदमा पेस

    अनलाइन नेपाल
  • मंगलबार, २३ असार २०७७
  • 2.1K
    SHARES

    विराटनगर । प्रदेश १ सरकारले ११ हजार प्रहरी दरबन्दी रहने गरी प्रदेश प्रहरी विधेयक संसदमा पेस गरेको छ ।

    मंगलबार प्रदेश १ को प्रदेशसभा बैठकम प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट मन्त्री हिक्मत कार्कीले पेस गरेको विधेयकमा अतिरिक्त दुईवटा वरिष्ठ पद रहने प्रस्ताव गरिएको छ ।



    संघबाट समायोजन भएर आउने प्रहरीका लागि प्रहरी वरिष्ठ हवल्दार र प्रहरी वरिष्ठ नायव निरीक्षक पद थप गर्ने प्रस्ताव गरिएको छ ।



    विधेयक पेस गर्दै मन्त्री कार्कीले संघबाट ११ हजार प्रहरी समायोजन भएर आउने र सोही अनुसारको प्रदेशमा दरबन्दी कायम हुने बताए । समायोजन प्रक्रिया चैत्रबाट सुरु गर्ने भनिए पनि लकडाउनको कारण अगाडि बढ्न नसकेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार