Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आमालाई जबरजस्ती करणी गरेको आरोपमा छोरा पक्राउ

    आमालाई जबरजस्ती करणी गरेको आरोपमा छोरा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिकामा आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनका छोरालाई पक्राउ गरेको छ ।

    बत्तीस वर्षीय छोराले ६१ वर्षीया आमालाई मङ्गलबार घरमै जबरजस्ती करणी गरिरहेको भन्ने थाहा पाएपछि वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्ती करणी गरी नुवान नामक विषादी सेवन गरेको अवस्थामा फेला गरेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए ।



    आमालाई बलात्कार गरी बिषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार