Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राखेप सदस्य सचिव पदमा सिलवालसहित २७ जनाको आवेदन

    राखेप सदस्य सचिव पदमा सिलवालसहित २७ जनाको आवेदन

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद(राखेप) को सदस्य सचिव पदमा निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवालसहित २७ जनाले आवेदन दिएका छन् ।

    युवा तथा खेलकुद मन्त्रालयले बनाएको सदस्य सचिव सिफारिस समितिले तोकेको म्याद बिहीबारसम्म २७ जनाले आवेदन दिएका हुन् ।



    नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि तत्कालिन सदस्य सचिव सिलवाल र अन्य पदाधिकारीहरु स्वतः पदमुक्त भएका थिए ।



    त्यसपछि नयाँ सदस्य सचिव चयनका लागि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनेको थियो ।

    आवेदन दिनेमा रोशन महर्जन, अनिल अधिकारी, हर्कबहादुर राई, मीना श्रेष्ठ, शिवराज भट्ट, लिलबहादुर थापा मगर, रवि राजकर्णिकार, अच्युतम लामिछाने, निलम सिंह बज्राचार्य, रमेशकुमार सिलवाल, मेघराज पौडेल, रामेश्वर श्रेष्ठ, अच्युत खनाल, मनबहादुर गुरुङ रहेका छन् ।

    त्यस्तै विजयकुमार राई, सानुराजा केसी, किशोर शाही, अञ्जु श्रेष्ठ, सुदिल शाही, रमेशमान डंगोल, ध्रुवराज न्यौपाने, खेमराज अधिकारी, राम पुडासैनी, सुनील नकर्मी, रणबहादुर चन्द, दीपेन्द्र ढकाल र तेजबहादुर गुरुङले पनि सदस्य सचिव पदमा आवेदन दिएका छन् ।

    आवेदन दिएकामध्येबाट सिफारिस समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद बैठकले सदस्य सचिव नियुक्त गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार