Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • यूएईमा आइपिएल हुने सम्भावना बढ्याे

    यूएईमा आइपिएल हुने सम्भावना बढ्याे

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल ) क्रिकेट युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने सम्भावना बढेको छ। कोरोना भाइरस (कोभिड-१९) का कारण तहसनहस भएको खेलकुद जगत बिस्तारै उठ्दै गर्दा रोकिएका क्रिकेट सिरिजहरु सुरु हुन थालेका छन्। अब क्रिकेट लिगहरुलाई पनि बिस्तारै सञ्चालन गर्ने तयारीमा सबै जुटिरहेका छन्।

    भारतीय क्रिकेट बोर्ड बिसिसीआई) ले कोरोनाका कारण रोकिएको आइपिएल सुरु गर्ने जमर्को कसिरहेको छ। शुक्रबारमात्रै बिसिसीआईको बैठकले कोरोनाको जोखिम अझै भारतमा नटरेको र यस्तो बेला प्रतियोगिता सञ्चालन गर्न नसकिने राय निकाल्दै २०२० को आइपिएल यूएईमा गर्न सबैभन्दा उत्तम विकल्प मानेको छ।



    तर यूएईमै आइपिएल हुने फाइनल निर्णय भने भइसकेको छैन। बिसिसीआईका अनुसार सेप्टेम्बर र नोभेम्बरको बीचमा यूएईमा आइपिएल गर्ने बताइएको छ। कोरोना भाइरसका कारण अस्ट्रेलियामा हुने टि-२० विश्वकपको नयाँ मिति आइसिसीले सार्वजनिक गरिसकेको छ। अब विश्वकप क्रिकेट अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म आयोजना हुनेछ। बिसिसीआईलाई आइसिसीले आइपिएल सञ्चालनबारे छलफल गर्न २० जुलाईमा बोलाएको थियो।



    बिसिसीआईले भारत सरकारलाई पत्र पठाउँदै यूएईमा आइपिएल सञ्चालन गर्न अनुमति मागेकाे छ भने खेलाडी, अफिसियल र टिमको यात्राका पनि बन्दोबस्त मिलाउन अनुरोध गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार