Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आइपिएल : दिल्ली शीर्ष स्थानमा

    आइपिएल : दिल्ली शीर्ष स्थानमा

    अनलाइन नेपाल
  • सोमबार, २० बैशाख २०७८
  • 2.2K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

    अहमदावादमा भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ७ विकेटले पराजित गरेको हो । जितसँगै दिल्ली आइपीएलको शीर्ष स्थानमा उक्लिेको छ ।



    दिल्लीले १६७ रनको लक्ष्य १७ ओभर चार बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि शिखर धवनले ४७ बलमा ६, पृथ्वी शले २२ बलमा ३९ तथा स्टीभन स्मीथले २२ बलमा २४ रनको योगदान गरेका हुन् ।



    यसअघि पहिले ब्याटिङ्ग गरेको पञ्जाबले ६ विकेटको क्षतिमा १६६ रन बनाएको थियो । उसका लागि कप्तान मयंक अग्रवालले ५८ बलमा सर्वाधिक ९९ तथा दविड मालनले २६ बलमा २६ रनको योगदान गरे ।

    जितपछि ८ खेलबाट १२ अंकसहित दिल्ली क्यापिटल्स शीर्ष स्थानमा पुगेको छ । दोस्रो स्थानको चेन्नई सुपर किंग्स र तेस्रो स्थानको रोयल च्यालेन्जर्स बैंग्लोरको समान सात खेलबाट समान १० अंक छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार