Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आइपिएलः दिल्ली दोस्रो स्थानमा

    आइपिएलः दिल्ली दोस्रो स्थानमा

    अनलाइन नेपाल
  • शुक्रबार, १७ बैशाख २०७८
  • 2K
    SHARES

    एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ।

    बिहीबार राति भएको खेलमा कोलकाताले दिएको १५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।



    दिल्लीका पृथ्वी शले ८२ रनको अर्धशतकीय पारी खेले। उनले ४१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे।



    यस्तै शिखर धवनले ४६ तथा ऋषव पन्तले १६ रन जोडे । कोलकाताका पाट कुमिन्सले ३ विकेट लिए।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो। कोलकाताका आन्द्रे रसेलले अविजित रहँदै ४५ रन बनाए। त्यस्तै सुबमन गिलले ४३ रन जोडे।

    दिल्लीका अक्षर पटेल र ललित यादवले समान २ विकेट लिए। जितसँगै दिल्ली १० अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

    रोयल च्यालेन्जर्स बैंगलोरलाई पछि पार्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो। कोलकाताको यो पाँचौ हार हो। कोलकाताले ७ खेलमा ४ अंक जोडेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार