Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आइपिएल : राजस्थान रोयल्ससँग मुम्बई पराजित

    आइपिएल : राजस्थान रोयल्ससँग मुम्बई पराजित

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सको लगातार दोस्रो हार भएको छ । शनिबार भएको खेलमा मुम्बईलाई राजस्थान रोयल्सले २३ रनले पराजित गरेको हो । राजस्थानले दिएको १९४ रनको लक्ष्य पछ्याएको मुम्बईले ८ विकेटको क्षतिमा १७० रन जोड्यो।

    उसका लागि ओपनर इशान किसनले ५४ रन र तिलक बर्माले ६१ रन जोडे। बलिङमा राजस्थानका युजभेन्द्र चाहल र नवदीप सैनीले २/२ विकेट लिए।



    त्यसअघि राजस्थानले ८ विकेटको क्षतिमा १९३ रन जोड्यो। राजस्थानका लागि ओपनर जोश बटलरले सिजनको पहिलो शतक प्रहार गरे। शनिबार घरेलु टिम मुम्बई इन्डियन्सविरूद्ध टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानका लागि बटलरले १०० रन जोडे।



    मुम्बईका तीव्र गतिका बलर जसप्रित बुमराहको बलमा १८।५ ओभरमा बोल्ड हुनुअघि उनले ६८ बलमा ११ चौका र ५ छक्का प्रहार गरे।

    राजस्थानका लागि कप्तान सन्जु सामसनले ३० रन र शिमरन हेटमेयरले ३५ रनको योगदान गरे। बलिङमा मुम्बईका बुहराह र टइमल मिल्सले ३/३ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार