Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोलकतासँग विराट कोहलीको टिम बेंग्लोरको लज्जास्पद हार

    कोलकतासँग विराट कोहलीको टिम बेंग्लोरको लज्जास्पद हार

    अनलाइन नेपाल
  • सोमबार, ४ असोज २०७८
  • 1.5K
    SHARES

    एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटमा कोलकता नाइट राइडर्स (केकेआर)सँग विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी)ले लज्जास्पल हार बेहोरेको छ। सोमबार भएको खेलमा आरसीबी केकेआरसँग ९ विकेटले हारेको हो।

    आरसीबीले दिएको ९३ रनको लक्ष्य केकेआरले १० ओभरमा एक विकेट गुमाउँदै भेट्टायो। उसका लागि शुवनम गिलले ४८ रन बनाए भने भेङ्काटेश लायरले अविजित ४१ रन बनाए। आरसीबीको बलिङमा युभेन्द्र चाहलले एक विकेट लिए।



    त्यसअघि पहिले ब्याटिङ गरेको आरसीबीले १९ ओभरमा अलआउट हुँदै ९२ रन बनायो। उसका लागि देवदत्त पडिक्काले सर्वाधिक २२ रन बनाउँदा स्रिकर भारतले १६ रन बनाए। कप्तान कोहली ५ रनमा आउट हुँदा ग्लेन म्याक्सवेलले १० रन जोडे। हर्शल पटेलले १२, मोहम्मेद सिराजले ८ रन बनाए।



    बलिङमा केकेआरका वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान ३–३ विकेट लिए। त्यस्तै लोकि फर्गुसनले २ र प्रसिघ कृष्णाले एक् विके लिए।

    हाल तालिकामा आरसीबी ८ खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ। केकेआर समान खेलबाट ६ अंकका साथ पाँचौं स्थानमा छ। चेन्नई सुपर किंग्स १२ अंकका साथ शीर्षस्थानमा रहँदा दिल्ली क्यापिटल्स समान अंकका साथ दोस्रो स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार