Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आइपिएल : मुम्बईलाई हराउँदै दिल्ली क्यापिटल्सको विजयी सुरुवात

    आइपिएल : मुम्बईलाई हराउँदै दिल्ली क्यापिटल्सको विजयी सुरुवात

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज सम्पन्न खेलमा दिल्ली क्यापिटल्स विजयीले विजयी सुरुवात गरेको छ । मुम्बई इन्डियन्सलाई चार विकेटले हराउँदै दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको हो ।

    मुम्बईले दिएको एक सय ७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । दिल्लीको जितमा ललित यादवले ४८ र अक्षर पटेलले नटआउट ३८ रन बनाए ।



    यस्तै पृथ्वी श ३८ र टिम शेफर्ट २१ रन बनाएर आउट भए । बलिङतर्फ मुम्बईका बसिल थम्पी तीन र मुरुगन अश्विनले दुई विकेट लिए ।



    यसअघि मुम्बई टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन बनायो । उसका इशान किशनले नटआउट ८१ रन बनाए ।

    यस्तै कप्तान रोहित शर्माले ४१ र तिलक वर्माले २२ रन जोडे । बलिङतर्फ दिल्लीका कुलदीप यादवले तीन र खलील अहमदले दुई विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार