Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • आइपिएल : दिल्ली र हैदरावादको खेल बराबरी

    आइपिएल : दिल्ली र हैदरावादको खेल बराबरी

    अनलाइन नेपाल
  • सोमबार, १३ बैशाख २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल)मा आइतबार राति भएको खेल बराबरीमा सकिएको छ ।

    दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद बिचको खेल बराबरीमा सकिएको हो । चेन्नइमा भएको खेलमा १६० रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित ओभरमा सात विकेटको क्षतिमा १५९ रन बनाएको हो ।



    त्यसअघि पहिले ब्याटिङ्ग गरेको दिल्लीले पनि १५९ रन नै बनाएको थियो । दिल्लीका लागि पृथ्वी श ले ३९ बलमा ५३, ऋषभ पन्तले २७ बलमा ३७, स्टीभन स्मीथले २५ बलमा ३४ तथा शिखर धवनले २६ बलमा २८ रन बनाए ।



    हैदरावादका लागि केन विलियम्सनले ५१ बलमा नटआउट ६६ तथा जोनी बेरिस्टोवले १८ बलमा ३८ रन बनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार