Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • राजश्व अधिकृत घुस लिएको अभियोगमा पक्राउ

    राजश्व अधिकृत घुस लिएको अभियोगमा पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले आज नियन्त्रणमा लिएको छ ।

    बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुसबापत रु दुई लाख लेनदेन गर्दै गरेको अभियोगमा प्रमुख रानालाई आयोग बुटवलको टोलीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिए ।



    रानालाई व्यापारीसँग महिनामहिनामा पैसा लिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा आज बिहान १०:३० बजे पक्राउ गरिएको बताइएको छ । यसअघि सोमबार स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका दुई कर्मचारीलाई रु आठ लाख ९८ हजारसहित आयोगले पक्राउ गरेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार