Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मालपोत कार्यालय डिल्लीबजारका कार्यालय सहयोगी घुससहित पक्राउ

    मालपोत कार्यालय डिल्लीबजारका कार्यालय सहयोगी घुससहित पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 912
    SHARES

    काठमाडौं । मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार घुस रकमसहित पक्राउ परेको हो ।



    घुस रकम लिइरहेको अवस्थामा मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) होमनाथ खतिवडालाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।



    मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग पाँच हजार दिनुपर्छ भनी घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टंगाल कार्यालयबाट खटिएको टोलीले उनलाई उक्त रकमसहित पक्राउ गरेको उनले बताए ।

    खतिवडाको साथबाट ती लाख १० हजार रुपैयाँसमेत बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार