Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • घुसहित रंगेहात पक्राउ परेका इन्जिनियरको साथबाट थप साढे ९ लाख बरामद

    घुसहित रंगेहात पक्राउ परेका इन्जिनियरको साथबाट थप साढे ९ लाख बरामद

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 738
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रामेछापको खानेपानी कार्यालयबाट २८ लाख रुपैयाँ घुस सहित पक्राउ गरेका इञ्जिनियर र प्लम्बरको साथबाट थप साढे ९ लाख रुपैयाँ बरामद गरेको छ ।

    २८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका दुवैजनाको खानतलासी लिने क्रममा थप साढे ९ लाख रुपैयाँ फेला परेको हो ।



    खानेपानी तथा सरसफाइ डिभिजन–४ का इञ्जिनियर नवराज सत्याल र करारका प्लम्बर बखतबहादुर थापा बुधबार १६ लाख नगद १२ लाख रुपैयाँको चेकसहित पक्राउ परेका थिए ।



    रामेछापको मन्थलीस्थित इञ्जिनियर सत्यालको सरकारी निवासमा थप खानतलासीको क्रममा रकम बरामद भएको अख्तियारले जनाएको छ ।

    रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफइ उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरुले रकम मागेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार