Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विकासे मन्त्रालय र मातहतका निकाय ‘घुसका अखडा’, ‘सेटिङ धन्दा’ ले सेवाग्राही हैरान

    विकासे मन्त्रालय र मातहतका निकाय ‘घुसका अखडा’, ‘सेटिङ धन्दा’ ले सेवाग्राही हैरान

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 963
    SHARES

    फाइल तस्विर

    काठमाडौं । निर्वाचन आचारसंहिता लागू हुनुअगावै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानी, वन तथा वातावरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र मातहतका निकायमा सेटिङमा ठूलो संख्यामा कर्मचारी सरूवा गरियो ।

    अहिले पनि ती निकायमा ‘ब्याकडेटमा’ कर्मचारी सरूवा र सरूवा मिलाउने कामसमेत भइरहेको छ । निर्वाचन आयोगले बुधबारदेखि नै निर्वाचन आचारसंहिता जारी गरिसकेको छ ।



    यस्तो अवस्थामा ‘कुनै पनि निकायले निर्वाचन आयोगको सहमतिबेगर कर्मचारी सरूवा गर्न’ पाउँदैन । तर, मन्त्रालयहरूले ‘ब्याकडेट’ मा सरूवा कार्य जारी राखेका छन् ।



    महानिर्देशक तथा कार्यालय प्रमुख तहको सरूवा मन्त्रीले गर्ने कानुनी प्रावधान छ । त्यो भन्दा तललो तहको सरूवा सचिव र सहसचिवले नै गर्न सक्ने प्रावधान छ । तर, हरेक मन्त्रालयमा भएका कार्यालय सहयोगी, खरिदार, सुब्बा तथा अधिकृत सरूवामा समेत मन्त्री नै ‘हाबी’ पाइएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार