Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • विवाहकाे नाटक गरेर याैनशाेषण, २ लाख रूपैयाँ र सुन लिएर फरार

    विवाहकाे नाटक गरेर याैनशाेषण, २ लाख रूपैयाँ र सुन लिएर फरार

    अनलाइन नेपाल
  • मंगलबार, २७ साउन २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटले उमेर नपुगेकी किशोरीलाई विवाहकाे नाटक गरेकाे र ठगी गरेकाे अभियोगमा एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेक गाउँपालिका–७ घर भइ हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ बस्दै आएका ३० वर्षीय राजन सेञ्चुरी रहेकाे प्रहरीले जनाएकाे छ ।

    थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सेञ्चुरीले आफू अविवाहित भएको भनेर फकाएर डेरामा लगेर प्रेम विवाह गरेका थिए । सँगै बस्न थालेको पाँच दिनपछि दराजबाट दुई लाख रुपैयाँ तथा एक तोला सुन लिएर सञ्चुरी फरार भएपछि पीडित किशाेरीले प्रहरीलाई खबर गरेकी थिइन ।



    श्रेष्ठका अनुसार पक्राउ परेका सञ्चुरी पहिल्यै विवाहित भएको र उनले विहेको नाटक गरेको खुलेको छ। विश्वकर्मामाथि मुलुकी अपराध संहितको जबरजस्तीकरणी तथा ठगी सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान थालिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार