Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अवैध बन्दुकसहित दाजुभाइ पक्राउ

    अवैध बन्दुकसहित दाजुभाइ पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    पाल्पा। रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा हतियारसहित दुईजना आज पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । उनीहरु एकै परिवारका दाजुभाइ हुन् ।



    मुझुङ्ग प्रहरी कार्यालयको टोलीले उनीहरुको घरमा अवैध भरुवा बन्दुक रहेको सूचनाका आधारमा पक्राउ गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार