Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कैलालीबाट बन्दुकसहित तीनजना पक्राउ

    कैलालीबाट बन्दुकसहित तीनजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 990
    SHARES

    धनगढी । कैलालीमा हतियारसहित तीनजना पक्राउ परेका छन् ।

    सशस्त्र प्रहरी बलको गस्ती टोलीले बिहीबार बिहान साढे ४ बजेतिर कैलारी गाउँपालिका–५ छोटकी पलियाबाट उनीहरुलाई एक थान बारबोर बन्दुक र ५ कार्तोस (गोली) सहित पक्राउ गरेको हो ।



    सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नम्बर ३४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहका अनुसार पक्राउ परेकाहरुमा कैलारी गाउँपालिका–३ का स्थानीय ५३ वर्षीय लौटन चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय सन्तराम चौधरी रहेका छन् ।



    सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कठायतको कमाण्डको टोली जंगल आसपासको क्षेत्रमा गस्तीमा रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई थप कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार