Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दुईवटा बन्दुकसहित ७ जना पक्राउ, बारुद पनि बरामद

    दुईवटा बन्दुकसहित ७ जना पक्राउ, बारुद पनि बरामद

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 2.1K
    SHARES

    फाइल तस्विर

    तनहुँ । तनहुँमा दुई वटा बन्दुकसहित सात जना पक्राउ परेका छन् ।

    जिल्लाको शुक्लागण्डकी नगरपालिका ११ भुस्नापुरमा इलाका प्रहरी कार्यालय प्रमुख इन्स्पेन्टर गणेश सुवेदी नेतृत्वको टोलीले उनीहरुलाई दुई वटा अवैध बन्दुसहित पक्राउ गरेको हो ।



    शंकास्पद वस्तुसहित सरिप चन्द समातिएका थिए । उनलाई सोधपुछ गरेर पछ्याउँदा दुईनाले बन्दुकसहित ५ जना र एकनाले बन्दुकसहित २ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।



    दुईनाले बन्दुकसहित पक्राउ पर्नेमा लक्ष्मण शाही, केबलबहादुर चन्द, युवराज ढुंगाना, दुर्गा वीरजंग ठकुरी र सरिप चन्द छन् ।एकनाले बन्दुकसहित पक्राउ पर्नेमा कुलबहादुर र यमबहादुर शाही छन् ।

    उनीहरुको साथमा बन्दुकमा प्रयोग गरिने बारुद, बेरिङ, सीसालगायतका पदार्थ पनि फेला परेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार