Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चितवनमा चिकित्सक र नर्ससहित २७ जनामा कोरोना संक्रमण

    चितवनमा चिकित्सक र नर्ससहित २७ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 3.1K
    SHARES

    चितवन । चितवनमा चिकित्सक र नर्ससहित एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति अवेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्राेतले बताएकाे छ। ।

    संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् । यस्तै महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् । साथै सर्लाहीका थप एक जना बिरामीमा पनि संक्रमण पाइएको छ ।



    त्यस्तै संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत छन् । संक्रमितमध्ये बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्सहरु छन् ।

    क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गाैतमले हाेम क्वारेन्टाइनमा बस्न मिल्नेलाई घरमा र नमिल्नेलाई अस्पतालम‌ै बनाइएकाे आइसोलेसनमा राखिने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार