Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बाँकेमा १५ सशस्त्र प्रहरीसहित २० जनामा कोरोना संक्रमण पुष्टि

    बाँकेमा १५ सशस्त्र प्रहरीसहित २० जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । बाँकेमा १५ जना सशस्त्र प्रहरीसहित २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। काेराेना भाइरस संक्रमण पुष्टि हुनेमा अन्य ५ जनामध्ये ग्लोबल आइएमइ बैंकका कर्मचारी पनि भएकाे भेरी अस्पताल, नेपालगञ्जले जनाएकाे छ ।

    जानकी गाउँपालिकामा ३० गते ९२ जनाको स्वाव लिइएकाहरुमध्येबाट २० जनामा कोरोना संक्रमण पुष्टि भएकाे बताइएकाे छ । स्थानीय प्रशासनले १७ गतेदेखि जारी गरेको निषेधाज्ञा ३० गते हटाएपनि भीडभाड हुन दिएको छैन ।



    सवारी साधनलाई जोर, बिजोर गरी सञ्चालन गरिएको छ। जानकी गाउँपालिकाले आज राती १२ बजेदेखि लागु हुने गरी भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार