Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो

    कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, ३ भाद्र २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मृत्यु हुनेमा काठमाडौं र बर्दियाका १/१ पुरुषहरु साथै मोरङ, भक्तपुर, सुनसरी र चितवनमा १/१ जना महिला रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।



    यही २४ घण्टाकै बीचमा थप ६८१ जना नयाँ संक्रमित पनि फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कुल संक्रमित भने २८ हजार ९३८ पुग्दा सक्रिय संक्रमित भने ११ हजार ११८ जना मात्र रहेको मन्त्रालयले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार