Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कोरोना संक्रमणबाट रुपन्देही र बारामा थप एक/एक जनाकाे मृत्यु

    कोरोना संक्रमणबाट रुपन्देही र बारामा थप एक/एक जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । रुपन्देहीमा कोरोना भाइरसकाे संक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाकाे देवदह नगरपालिकाका एक व्यक्तिको बुधबार कोरोना पोजिटिभ नतिजा आएको र बिहीबार मृत्यु भएको देवदह नगरपालिकाका प्रमुख हिरा केसीले जानकारी दिए ।

    नगरपालिकाको वडा नम्बर ३ निवासी ७० वर्षीय पुरुष पहिलेबाट नै अन्य रोगको बिरामी रहेकाले परिवारले उपचार गराइरहेको थियो । गत शनिबार पुन: व्यथाले च्यांपेपछि उनलाई देवदह मेडिकल कलेजमा लगिएको थियो । आईसियुमै राखेर उपचार गरिएका उनको मंगलबार स्वाब परीक्षणका लागि पठाइएको र बुधबार रिपोर्ट पोजिटिभ आएको प्रमुख केसीले जनाए ।



    मृतकमा उच्च रक्तचाप, पक्षघात र मधुमेहको समस्या समेत रहेको थियो । केही दिन अघि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गराएका उनको देवदह मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।



    यस्तै बाराकाे कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने ५९ वर्षीय पुरुषको पनि कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ । बुधबार राति ११ बजेतिर अचानक श्वास प्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याएलगत्तै उनको मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार