Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडाैं उपत्यकामा थपिए १६६ जना काेराेना संक्रमित

    काठमाडाैं उपत्यकामा थपिए १६६ जना काेराेना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, ७ भाद्र २०७७
  • 3.2K
    SHARES

    काठमाडाैं । काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाभित्रका काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।



    यसैबीच पछिल्लाे २४ घण्टामा नेपालमा थप ८१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा २२० महिला र ५९८ पुरूष गरी थप ८१८ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार