Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • किशोरी बलात्कार आरोपमा दुई जना प्रकाउ

    किशोरी बलात्कार आरोपमा दुई जना प्रकाउ

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 3.2K
    SHARES

    झापा । किशोरी बलात्कार आरोपमा झापाका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा-७ मा बस्दै आएका गौरादह नगरपालिका घर भएका वर्ष २२ का अशोक दर्जी र कमल गाउँपालिका घर भएका २४ वर्षका विक्रम हास्दा रहेका प्रहरीले जनाएकाे छ ।

    मंगलबार साँझ शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी किशोरीलाई विरिङ पुलबाट पछ्याउँदै गएका ती युवाले टाङटिङ खोलाको किनारमा बलात्कार गरेको आरोप छ ।



    टाङटिङ खोलाको पुलमा रुँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले किशोरीलाई भेटेर सोधपुछ गर्दा घटना बाहिरिएको हाे । लगत्तै उनीहरूलाई मंगलबार साँझ नै पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार