Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • झारफुक गर्ने बहानामा दुई युवतीलाई बलात्कार गर्ने पूजारी पक्राउ

    झारफुक गर्ने बहानामा दुई युवतीलाई बलात्कार गर्ने पूजारी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 4K
    SHARES

    बाँके । झारफुक गर्ने बहानामा २ जनालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बाबाकुटी मन्दिरका पुजारी नजिर महमदलाई पक्राउ गरेको छ ।

    डुडुवा गाउँपालिका-५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी सोही ठाउँ बस्ने ४० वर्षीय नजिर महमदलाई ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बाहानामा बोलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।



    महमदले ती महिलाहरूलाई झारफुक गर्ने बहानामा बुधबार मन्दिरको कुटिमा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर बिहीबार बेलुका प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार