Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जापानी प्रधानमन्त्री सिन्जो आबेद्वारा राजीनामा

    जापानी प्रधानमन्त्री सिन्जो आबेद्वारा राजीनामा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 3K
    SHARES

    एजेन्सी । जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । उनले आफ्नो अस्वस्थताका कारण राजीनामा दिएको बताएका छन् ।

    आफ्नो अस्वस्थताका कारणले सरकारको निर्णय प्रक्रियामा कुनै असर नपरोस् भनेर आफूले राजीनामा गरेको उनले बताएका छन् । उनले आफ्नो कार्यकाल पूरा गर्न नसकेकोमा जनतासमक्ष माफी पनि मागेका छन् ।



    आबे जपानमा सबैभन्दा लामो समय प्रधानमन्त्री हुने नेता हुन् । ६५ वर्षे आबे सन् २०१२ देखि निरन्तर प्रधानमन्त्री पदमा थिए । उनको कार्यकाल करिब एक वर्ष बाँकी थियो । आबेले सन् २००७ मा पनि अस्वस्थताकै कारण प्रधानमन्त्री पदबाट राजीनामा गरेका थिए ।



    बीबीसीका अनुसार आबे युवाअवस्थादेखि नै अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन् । आबेले गत मध्य जुलाईदेखि आफ्नो स्वास्थ्य समस्या बढ्दै गएको बताएका छन् । उनले आफू निरन्तर उपचारमा लाग्नुपर्ने भएको सरकारमा रहेर काम गर्न असमर्थ हुने पनि बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार