Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बलात्कार अभियोगमा एक पक्राउ

    बलात्कार अभियोगमा एक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ भाद्र २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । प्रहरीले पोखरा महानगरपालिका वडा नं १० रामबजारका नौ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय ५५ वर्षीय रेशबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

    विगत चार/पाँच महिनादेखि बालिकालाई ललाइफकाइ यौन शोषण गर्दै आइरहेको भन्ने उजुरीका आधारमा गुरुङललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।



    स्याङ्जा बिरुवा गाउँपालिका वडा नं ८ टोड्केमा लुकेको अवस्थामा आइतबार राति गुरुङ पक्राउ परेका जनाइएको छ । प्रवक्ता हमालका अनुसार घटनामा संलग्न गुरुङलाई जबर्जस्ती करणी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार