Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • शिक्षकबाट बलात्कृत बालिका बेपत्ता

    शिक्षकबाट बलात्कृत बालिका बेपत्ता

    अनलाइन नेपाल
  • मंगलबार, १६ भाद्र २०७७
  • 4.2K
    SHARES

    सल्यान । सल्यानमा शिक्षकबाट बलात्कृत  भएकी बालिका ४ दिनदेखि बेपत्ता भएकी छिन् । बाग्चौर नगरपालिकाकी १४ वर्षीया बालिकालाई एक विद्यालयका शिक्षक रामचन्द्र केसीले बलात्कार गरेको आरोपमा बालिकाका आफन्तले साउन ८ गते प्रहरीमा जाहेरी दिएका थिए ।

    पीडक पक्षले बलात्कारको मुद्दा प्रभावित पार्न बालिकाको अपहरण गरेको पीडित परिवारले दावी गरेकाे छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बालिका घरबाटै बेपत्ता भएकी हुन् ।



    घटनापछि फरार रहेका केसीको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार बालिकाको खोजीसमेत जारी छ । शिक्षक केसीले विभिन्न प्रलोभन देखाइ बालिकामाथि पटकपटक बलात्कार गरेको पीडित परिवारको आरोप छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार