Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोइरालाको स्वास्थ्य अवस्था स्थिर

    कोइरालाको स्वास्थ्य अवस्था स्थिर

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको  ओम अस्पतालले जनाएको छ ।

    कोरोनाभाइरसको संक्रमणबाट संक्रमित रहेका डा.कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।



    मंगलबार साँझदेखि ज्वरो बढेर छातीको समस्या देखिएपछि डा.कोइरालालाई बुधबार राति ओम अस्पतालमा भर्ना गरिएको थियो ।



    अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा.विश्वनाथ कोेइरालाको नेतृत्वमा सुवोधसागर ढकाल, प्रमेशसुन्दर श्रेष्ठसहितको टोलीले कोइरालाको उपचार गरिरहेको छ ।

    महामन्त्री डा.कोइरालालाई ओम अस्पतालको आइसियु वार्डकोे आइसोलेशन कक्षमा राखिएको छ ।

    महामन्त्री डा.कोइरालाले बुधबार अपरान्हको खाना खाएको र स्वास्थ्यस्थिति सामान्य रहेको छ ।

    चिकित्सकहरूले डा.कोइरालालाई तीन दिन अस्पतालमा राखेर उपचार गर्नुपर्ने सुझाव दिएका छन् ।

    शनिबार डा.कोेइरालालाई कोरोना संक्रमण पुष्टि भएपछि महाराजगञ्जस्थित निवासको आइसोलेसनमा बसेका थिए ।

    डा.कोइरालालाई केही वर्ष अगाडि खाना सर्किएर बेहोस भएका थिए । त्यस बेला पनि उनलाई ओम अस्पतालमा उपचार गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार