Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • गृहमन्त्री र सचिवको चेपुवामा आईजीपी, इन्स्पेक्टर सरुवामा बिचौलियाको चलखेल

    गृहमन्त्री र सचिवको चेपुवामा आईजीपी, इन्स्पेक्टर सरुवामा बिचौलियाको चलखेल

    अनलाइन नेपाल
  • आइतबार, ४ असोज २०७७
  • 5.8K
    SHARES

    काठमाडौं । केही दिन अघि मात्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले नयाँ आचारसँहिता जारी गर्दै प्रहरी संगठनमा व्यवसायिकता नै मुख्य भएकोले सडकमा समेत व्यवसायिकता देखिने गरी काम गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिए।

    आईजीपीले आचारसँहिता  जारी गरेर निर्देशन दिएपछि काठमाडौंकै प्रहरी वृत्त कालीमाटीबाट ४ जना थुनुवा फरार भए। वृत्तका डिएसपी अपिल बोहोराको कमजोर कार्यशलीले थुनुवा फरार हुँदा समेत उनीमाथि कारवाही हुन सकेको छैन ।



    प्रधान कार्यालयलगायत देशभरका कार्यालयहरुमा आईजीको फोटो हटाउने घोषणा गरेर सस्तो लोकप्रियतामा रमाएका आईजीपी थापा इन्स्पेक्टरको सरुवामा भने ठुलो राजनीतिक दबाबमा परेको स्रोतले वतायो। प्रधान कार्यालयले डीएसपीको सरुवा भएको एक महिना बितिसक्दा पनि इन्स्पेक्टरको सरुवा निकाल्न सकिरहेको छैन। । आईजीपी क्षेत्री राजनीतिक दबाबमा परेका कारण इन्स्पेक्टरको सरुवामा अन्योलमा परेका छन्। ।



    सरुवाका लागि एक महिनादेखि तयारी रहेको इन्स्पेक्टरको ‘लिस्ट’का बारेमा आकर्षक मानिएका केही पोस्टिङका लागि राजनीतिक दबाब आएपछि सरुवा प्रक्रिया रोकिएको हो ।

    उपत्यकामा सबैभन्दा आकर्षक पोष्ट मानिने नारायणथान प्रभागमा गृहमन्त्रालय र बालुवाटारबाट केही इन्स्पेक्टरको नाम सिफारिस भएपछि आईजीपी दबाबमा परेका छन् ।  एक साता अघि नारायणथान प्रभागका इन्स्पेक्टर अनियमियताको आरोपमा तानिएपछि प्रभाग इन्चार्जबिहीन छ । इन्चार्जबिहीन भएको एक साता बितिसक्दा पनि आईजीपी क्षेत्रीले आफ्नो अधिकार प्रयोग गरेर काजसरुवा समेत गर्न सकेका छैनन् ।

    दुई महिना अघि मात्र सईबाट इन्स्पेक्टरमा वढुवा भएका गृहमन्त्री रामवहादुर थापाका पिएसओ राजन तिमील्सिना र गृहसचिव महेश्वर न्यौपानेका पिएसओ महेश केसीलाई इन्चार्ज बनाउन आईजीपी क्षेत्रीमाथि दबाब परेको स्रोतको भनाइ छ।

    उपत्यकाकै अर्को आकर्षक पोस्टिङ मानिएको साँखु प्रभागको इन्चार्जका लागि दर्जनौ इन्स्पेक्टरहरुले शक्तिकेन्द्र मार्फत दवाब दिन थालेका छन् ।

    साँखु प्रभागको इन्चार्जका लागि उनै राजन तिमील्सिना, महेश केसी, विक्रम लामा, जानकी खरेल, रुपा थापा, सुकदेव पौडेललगायत लागि परेका छन् । अन्य प्रभागमा  एक वर्ष कार्यकाल पूरा नभए पनि केही बिचौलियाहरुले गृहमन्त्रालयमा चलखेल गर्न थालेका छन् ।

    बौद्द,ललितपुरलगायतका क्षेत्रमा बालुवा तस्करीदेखि ठेक्काको काम गर्दै आएका सुजन पौडेल नामका एक बिचौलियाले इन्स्पेक्टरहरुको सुची नै बनाएर हिंडेको चर्चा छ।

    अख्तियारमा कार्यरत इन्स्पेक्टर सुकदेव पौडेललाई साँखु प्रभागमा लैजान सुजनले गृहमा चलखेल गरेको स्रोत वताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार