Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बलिउड ड्रग्स केसमा शाहरुख खानसहित चार जनाको नाम एकाएक बाहिरियो

    बलिउड ड्रग्स केसमा शाहरुख खानसहित चार जनाको नाम एकाएक बाहिरियो

    अनलाइन नेपाल
  • बिहिबार, १५ असोज २०७७
  • 3.8K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता शुसान्त सिंह राजपुतको आत्महत्यापछि एकाएक ड्रग्स केस बाहिर आयो। जसमा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीदेखी आधा दर्जन कलाकार अनुसन्धानमा तानिएका छन्। रिया चक्रवर्ती प्रहरी हिरासतमै छिन ।

    नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले बलिउडका ४ जना नायिकाको मोबाइल जफत गरेगरेर अनुसन्धान गरिरहेको छ ।



    नायिकाहरु दीपिका पादुकोण, रकुल प्रित सिंह, श्रद्धा कपुर, साराअली खानको साथमा फेसन डिजाइनर सिमोन खम्बट्टाको मोबाइल जफत गरिएको हो । यस्तै, नायिका पादुकोणकी मेनेजर करिश्मा प्रकाशको मोबाइल पनि जफत गरिएको छ ।



    अहिले फेरी एकैपटक चार नायकको नाम जोडिएको छ। यसअघि बलिउड ड्रग्स केसमा भारतीय नायिकाहरुको नाम जोडिदै आएको थियो । तर, अहिले ड्रग्स केसमा चार बलिउड नायकहरुको नाम एकैपटक जोडिएको छ ।

    दैनिक भास्करका अनुसार एनसीबी अनुसन्धानका क्रममा चार बलिउड नायकको नाम जोडिएको हो । ड्रग्स केसमा नाम जोडिने बलिउड नायकहरुमा शाहरुख खान, रणबीर कपूर, अर्जुन रामपाल र डिनो मोरिया रहेका छन् ।

    भाष्करले एनसीबीका अधिकारीको श्रोतलाई उदृत गर्दै जनाएअनुसार अर्जुन रामपालले शाहरुख खानलाई ड्रग्स सप्लाई गर्ने काम गर्दै आएका थिए । यसअघि बलिउड नायिकाहरुको मात्र नाम ड्रग्स केसमा जोडिएको थियो ।

    तर पहिलोपटक बलिउड नायकहरुको पनि नाम ड्रग्स केसमा जोडिएको छ । दिल्लीका एनसीबी अधिकारीले नाम नछाप्ने शर्तमा बलिउडका ठुला नायकहरुको ड्रग्स कनेक्सनबारे खुलासा गरेको दैनिक भाष्करले जनाएको छ ।

    एनसीबी अधिकारीसँगको कुराकानीको पूर्ण विवरण भास्करसँग सुरक्षित रहेको जनाइएको छ । ती अधिकारीले बलिउड नायकहरुको नाम लिँदा कोड प्रयोग गरेका थिए । उनले ए, डि, आर र एस कोडमा नामहरु बताएका थिए । ‘ए’ को अर्थ अर्जुन रामपाल, ‘डि’ को अर्थ डिनो मोरिया, ‘आर’ को अर्थ रणबीर कपूर र ‘एस’ को अर्थ शाहरुख खानको नाममा उनले संकेत गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार