Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • घुस लिने कार्यालय सहयोगी पक्राउ

    घुस लिने कार्यालय सहयोगी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १५ असोज २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । घुस लिएका जनकपुरधाम उप महानगरपालिकाका एक जना कार्यालय सहयोगी पक्राउ परेका छन् । उपमहानगरपालिका वडा नम्बर १३ कार्यालयका सहयोगी दिलिप पञ्जियार घुसको रकमसहित बिहीबार पक्राउ परेका हुन् ।

    नागरिकताका लागि सिफारिस गराइदिने भन्दै उनले घुस लिएपछि पक्राउ परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले वडा कार्यालय नजिकबाटै पञ्जियारलाई २४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।



    उनले नागरिकताको सिफारिस गराइदिने भन्दै एक जना सेवाग्राहीसँग घुसवापत उक्त रकम लिएको अख्तियारले जनाएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार