Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कोरोना संक्रमणबाट सप्तरीमा ६८ वर्षीय पुरुषको मृत्यु

    कोरोना संक्रमणबाट सप्तरीमा ६८ वर्षीय पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १६ असोज २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    सप्तरी । सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।

    मृत्युहुनेमा तिलाठी कोइलाडी गाउँपालिका ५ का ६८ वर्षीय पुरुष रहेका तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।



    उनका अनुसार ती पुरुष निमोनियको समस्या भएपछि ६ दिन अघि न्यूरो अस्पताल विराटनगरमा भर्ना भएका थिए । ती पुरुषको उपचारका क्रममा आज मृत्यु भएको हो । यसअघि भक्तपुर अस्पतालमा उपचाररत् सप्तरीका ४८ वर्षीय पुरुषको हिजो साँझ सङ्क्रमणबाट मृत्यु भएको थियो ।



    खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि यही असोज १२ गते अस्पतालमा भर्ना भएका उनको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा.सुनिल ढुंगेलले जानकारी दिए ।

    सङ्क्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएको जनाइएको छ । सप्तरीमा मृत्यु हुनेको सङ्ख्या १८ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार